आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७८



  • मुगु।हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको एक मात्रै अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार कार्यालय करिब दुई वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुँदै आएको हो ।

    जिल्लाको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरू नहुँदा दुई वर्षयता दुई जना कार्यालय सहयोगीको जिम्मामा छ।उक्त कार्यालयमा दरबन्दीअनुसार नायब सुब्बा र खरिदार हुनुपर्ने हो । तर दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीले चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

    कार्यालयका अनुसार भन्सार कार्यालयहरूलाई सरकारको लक्ष्य पूरा गर्नुपर्ने दायित्व पनि हुन्छ । तर यहाँको कार्यालयको भने गत वर्ष र यस वर्ष राजश्व संकलन शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए ।भन्सार कार्यालयमा वर्षको एकपटक सीमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले हाट बजार पनि लाग्न छोडेको छ ।

    दुई ठाउँमा कार्यालय स्थापना
    जिल्लामा दुई वटा भन्सार कार्यालयको छन् । सीमा नाका मुगुगाउँमा रहेको एक व्यक्तिगत घरमा र अर्को सदरमुकाम गमगढी बजारमा घर भाडा लिई कार्यालय चलाइएको छ ।

    यहाका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ रु कस्तो छ रु के गर्छ रु भनेर अत्तो पत्तो समेत छैन । उनीहरूले कार्यालय बारे थाहानै भनएको र नाम मात्र सुनेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij