आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनीको राजधानी देउखुरीमा सहकारी दर्ता कार्यालय स्थापना

  • प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७८



  • दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

    ६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् ।

    प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी प्रदेश सरकारको भनाइ छ । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो । अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ ।

    कार्यालय उट्घाटनमा बोल्दै मन्त्री खड्काले मुलुक संघीयतामा गएसंगै सहकारी पनि तीन तहको सरकारको मातहतमा पुगेको बताए । उनले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने बताए ।

    सहकारीमा अनुगमन र नियमनको पाटोलाई बलियो बनाउँदै सहकारी संस्थाहरुलाई थप पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरे । अनुगमन र नियमनको पाटोलाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री खड्काले बताए ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणकी राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई सहकारी सञ्चालन गर्न सहज हुने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij