आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तरुण दल अध्यक्ष विद्वान गुरुङले सम्हाले जिम्मेवारी

  • प्रकाशित मिति : सोमवार, चैत्र २१, २०७८



  • काठमाडौं । नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले आजबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । उनलाई तरुण दलको कार्यालयमा यसअघिका अध्यक्ष जितजंग बस्नेतले पद हस्तान्तरण गरेका हुन् ।

    पद हस्तान्तरण कार्यक्रममा गुरुङले स्थानीय तहको निर्वाचन नजिकिइसकेकाले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन चुनावमा केन्द्रित हुने बताए ।
    आगामी योजनाबारे अनलाइनखबरसँग उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा भएका राम्रा कामको प्रचार गर्ने र जनतामा फैलाइएका अनावश्यक भ्रमहरुलाई चिर्दै चुनावमा होमिन्छौं ।’ पार्टी केन्द्रको नीति र निर्देशनअनुसार युवाहरु परिचालन गर्दै आधिकारिक उम्मेदवारलाई विजयी बनाउने तत्कालीन योजना रहेको उनले सुनाए ।

    तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले गुरुङको कार्यकालमा उदाहरणीय तरुण दल बनोस् भनेर शुभकामना दिए । उनले गुरुङको कार्यकाल सफल बनाउन पनि भूमिका खेल्ने बताए । भने, ‘तपाईंले देखाएको बाटोमा हिंड्न हामी तयार छौं र तपाईंका बाधा अड्चन जे–जे आउँछन् हामी त्यसलाई पन्छाउँदै कार्यकाल सफल बनाउँछौं ।’

    निवर्तमान अध्यक्ष बस्नेतले तरुण दललाई बलियो बनाउन गुरुङ लगायतका तरुण दलका अन्य नेता–कार्यकर्ताहरुसँग सहकार्य गरेको स्मरण गर्दै आफू त्यसप्रति सधैं ऋणी रहेको बताए ।

    पर्वत घर भएका विद्वान गुरुङ तरुण दलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वमा पुगेका हुन् । उनी बालकृष्ण खाँण अध्यक्ष हुँदा पर्वतको जिल्ला अध्यक्ष थिए । यसैगरी महेन्द्र यादव तरुण दलको अध्यक्ष हुँदा गुरुङ केन्द्रीय सदस्य बनेका थिए ।

    यसैगरी जितजंग बस्नेत अध्यक्ष हुँदा गुरुङ कोषाध्यक्ष थिए । उनी नेपाली कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि बनेका थिए ।

    गुरुङलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत ९ गते तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए । तरुण दलका पदाधिकारी र केन्द्रीय सदस्य चयन हुन भने बाँकी छ । अब स्थानीय तहको निर्वाचनपछि तरुण दललाई पूर्णता दिने गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij