प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७८
नेपालगञ्ज। नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।
धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij