आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

श्रीमानको मृत्युपछी श्रीमती पक्राउ

  • प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७८



  • काठमाडौं । जिल्ला प्रहरी कार्यालयले बालक अपहरण गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए ।

    आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टङ्याकीभित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफन्तसँग १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संम्लग्न रहेका सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

    प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी शव प्लाष्टिकको बोराभित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टङ्याकीभित्र हाली लुकाएको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    मलङ्गवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा, २५ वर्षीया सङ्गीता बडही, सुनिल ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

    शव परीक्षणपश्चात मृतक आकाशको शव उनका आफन्तले बुझेका छन् । पक्राउ परेका सातै जनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    श्रीमानको मृत्युपछी श्रीमती पक्राउ, कारण अनौठो छ

    आत्महत्या दुरुत्साहनको आरोपमा चितवनको भरतपुरबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर ८ दुर्गाचोक बस्ने मिरा सुवेदीलाई पक्राउ गरिएको हो ।

    उनका श्रीमान् ४२ वर्षीय उत्तम सुवेदी चैत २४ गते विहान साँढे ६ बजेतिर आफ्नै घरको भान्सा कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएका थिए । घाँटीमा बिजुलीको तार लगाएर झुण्डिएको खबर पाएपछि प्रहरी पुगेको थियो। घटनास्थल मुचुल्का लगायतको कार्य सम्पन्न गरेर शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

    मृतकको दाजुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतवाट म्याद थपको अनुमति प्राप्त गरि थप अनुसन्धान जारी रहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij