आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बक्स अफिसले दियो पल र पूजालाई उत्कृष्ट अवार्ड

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७८



  • अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले उत्कृष्ट बक्स अफिस अवार्ड हात पारेका छन् । बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त रुपमा सोमबार चलचित्र बिकास बोर्डमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा शाह र शर्मालाई यो अवार्ड प्रदान गरिएको हो ।

    वर्षभरि रिलिज भएको फिल्महरु मध्येमा ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा  अन्यभन्दा बढी ब्यवसाय गरेको हिसावले दुबैलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । कार्यक्रममा निर्देशक सुर्दशन थापालाई समेत अवार्ड दिइएको थियो ।
    राम्रो निर्माण भएको भनेर फिल्म ‘कठपुतली’लाई र सन्देश मुलक फिल्म निर्माण भएको भनेर ‘चुरीफुरी’ लाई समेत अवार्ड दिइयो । कार्यक्रममा राम्रो फिल्म वितरण गर्नेले समेत अवार्ड पाएका थिए । यो वर्ष जम्मा २१ फिल्म प्रदर्शनमा आएका थिए ।
    सोही अवसरमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका देविका बन्दना र गीतकार कृष्णहरि बराललाई ‘बक्स अफिस रजन सम्मान २०२२’ दिइएको थियो । दाहाललाई चलचित्र अनि बन्दना र बराललाई गीत संगीतको क्षेत्रमा २५ वर्ष पुरा गरेको भन्दै यो सम्मान दिइएको थियो । सोही अवसरमा पत्रकार श्याम स्मृत, रामहरि सिलवाल र रामजी बगालेले पत्रकारिता सम्मान प्राप्त गरे । अभिनेता पल शाह हाल नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका कारण अवार्डमा पूजा मात्र पुगेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij