प्रकाशित मिति : शनिबार, बैशाख ३, २०७९
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ ।
उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए ।
यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निःशुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि सुत्केरी हुन आउने महिलाले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो । प्रसूति सेवा निःशुल्क भएपछि प्रसूतिका लागि आउने आमालाई सहज हुने स्थानीय बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij