आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेकपा माओवादी केन्द्र दाङका इन्चार्जद्वारा राजीनामा

  • प्रकाशित मिति : सोमवार, बैशाख ५, २०७९



  • दाङ । घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

    केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।

    गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएको थियो ।

    अहिले पनि उहाँले घोराही उपमहानगरपालिका मेयरको दाबी गर्नुभएको थियो । तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो ।

    नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आउनुभएको थियो ।

    साथै, उहाँले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । माओवादी छोडे पनि कुनै पार्टीमा नजाने उहाँको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij