आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख १५, २०७९



  • काठमाडौं । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् ।

    आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

    उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

    आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । कांग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो । तर अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij