प्रकाशित मिति : शुक्रबार, बैशाख १६, २०७९
काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न वर्तमान र भूतपूर्व भीभीआईपीहरुको लर्को लागेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत भरतपुर पुगे । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठले समेत भरतपुर पुगेर पौडेललाई फकाए ।
भरतपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहालले मेयरमा मनोनयन दर्ता गरेकी छन् । तर मेयर आफ्नै दलले पाउनुपर्ने अडानमा रहेका कांग्रेस नेता कार्यकर्ताले पौडेललाई स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याए ।
उनको उम्मेदवारीले गठबन्धन नै प्रभावित हुने र स्थानीय समिकरण विथोलिने भन्दै मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्री राज्यको स्रोतसाधनसहित पौडेललाई फकाउन भरतपुर पुगे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij