आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भरतपुरमा बागी उम्मेदवारी फिर्ता गराउने प्रयास ‘असफल’, काठमाडौं फर्किँदै मन्त्री खाण र श्रेष्ठ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १६, २०७९



  • भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नहुने भएको छ।

    सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिएका थिए।

    पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए।

    बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले उक्त आग्रह अस्वीकार गरेका थिए।

    बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए। जवाफमा पौडेलले आफू धेरै अघि बढिसकेको र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने बताएका थिए। पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

    बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाएका थिए तर पौडेल आउन मानेनन्।

    पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किँदै छन्।

    काठमाडौं फर्किनुअघि उनीहरूले होटलमा भरतपुरका कांग्रेस नेता/कार्यकर्तासँग कुराकानी गरेका छन्।

    उता बागी उम्मेदवार पौडेलको घरमा पनि कांग्रेस कार्यकर्ताको घुइँचो लागेको छ।

    शुक्रबार बिहान पौडेलले भने अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij