प्रकाशित मिति : मङ्लबार, बैशाख २७, २०७९
तुलसीपुर/ नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको छ । ५४ वर्षिय चौधरीको उपचारका क्रममा काठमाडौंस्थित टिचिङ अस्पतालमा गएराती मृत्यु भएको हो ।
उनी उम्मेदवारी दर्ता गराएदेखी बिरामी अबस्थामा थिए । चौधरीको फोक्सोमा पानी जमेको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनी २०७४ सालको स्थानीय चुनावमा १७ नम्बर वडाबाट निर्बाचित वडा सदस्य हुन् । उनको बुधबार आफ्नो परम्परा अनुसार बगौसीघाटमा अन्त्यष्टी गरिने परिवारीक स्रोतले जनाएको छ ।
अहिले उनलाई काठमाडांैबाट ल्याईदै छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij