आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नौ जना उम्मेदवारको निधन

  • प्रकाशित मिति : बिहिबार, बैशाख २९, २०७९



  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

    ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ।’

    कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी शोभावती कुर्मी र दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको सोमबार मृत्यु भएको थियो। महाराजगन्ज नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी कर्मीको हृदयाघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको निर्वाचन प्रचारप्रसारका क्रममा बिरामी परेपछि दुईपटक नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij