प्रकाशित मिति : आइतवार, जेष्ठ १, २०७९
घोराही उपमहानगरमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता
दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले सुरूदेखि राखेको अग्रता बढाउँदै लगेका छन्।
गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) ले २८८४ मतका साथ अग्रता गरिरहेका छन्। मेयर पदका उम्मदेवार डायमण्ड प्रतिष्पर्धी उम्मेदवारभन्दा ३६० ले मतले अगाडि छन्।
त्यस्तै गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उपमेयर पदका उम्मेदवार भुपबहादुर डाँगीले फराकिलो अग्रता बनाएका छन्। उनले ६४२ मतान्तरले एमालेका उम्मेदवारलाई उछिनेका छन्।
डाँगीले सबैभन्दा धेरै ३१०० मत प्राप्त गरेका छन्।
घोराहीमा नेकपा एमालेका मेयरका उम्मेदवार नरूलाल चौधरीले २५२४ र उपमेयरमा हुमा डिसीले २४५८ मत प्राप्त गरेकी छन्।
घोराहीमा मुलुकका ११ उपमहानगरपालिका मध्य सबैभन्दा धेरै १ लाख १२ हजार ९ सय २७ मतदाता छन्। यहाँ ७६ हजार ५ सय २१ मत खसेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij