आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनमगर विजयी विजयी

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २, २०७९



  • रोल्पा। रोचक चुनावी प्रतिस्पर्धा रहेको गंगादेव गाउँपालिकामा अन्ततः नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा २५४८ मतका साथ नेपाली कांग्रेसका हरिबहादुर पुनमगर विजयी भएका छन । एमालेका रोशनकुमार वलीले २४९९ मत ल्याए ।

    यसअघि गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका वीरवहादुर खत्री तेस्रो र विप्लव नेतृत्वको नेकपाका नेता चुडामणी वली चौथो स्थानमा रहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता केसी वली २९०९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।

    कांग्रेस वडानम्बर १,२,४,५ र ७ मा विजयी भएको छ । १ मा अमृतवहादुर वली, २ मा अमरवहादुर थापा, ४ मा कृष्ण वली, ५ मा अमृत बुढा र वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् । वडा नम्बर ६ मा एमालेका वीरवहादुर वली र ३ नेकपा माओवादी केन्द्रका लोकमान वली विजयी भएका छन् । सो वडाको वडा सदस्यहरुमा भने स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

    यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठवन्धन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij