आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नवराज विकसहित ६ जना मारिएको दिन ‘विद्रोह दिवस’

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १०, २०७९



  • अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।

    मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा जात व्यवस्था उन्मूलन मोर्चाले ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ मनाएको हो। उनीहरूले सडक नाटक पनि गरेका छन्।

    उनीहरूले मलाई विभेद स्वीकार छैन, बिहेअघि जात सोध्नेहरू, रगतको पोका किन्नुअघि पनि सोध्नु कुन जातको हो भनेर, मौन रहनु जातीयवादलाई समर्थन गर्नु हो, अपराधीलाई कारबाही गर, खै न्याय? भेरीले बगायो!, प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्म? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

    आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो।

    दुई वर्षअघि अन्तरजातीय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो।

    पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको मोर्चाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij