प्रकाशित मिति : बुधबार, जेष्ठ ११, २०७९
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्तन्त्र उम्मेदवार वडाध्यक्ष बनेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका शिवानन्द डिसी १३४४ मत प्राप्त गर्दै वडाध्यक्ष बने ।
डिसीले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका छन् । खड्काले ११५९ मत प्राप्त गरे । २०७४ सालमा पनि डिसी नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा लडेका थिए । उतिखेर उनी १२२ मतले पराजित भएका थिए ।
यस वडामा गठबन्धन दलबाट वडाध्यक्षका उम्मेदवार बनेका नेकपा एकीकृत समाजबादीका भुपबहादुर केसीले ४६७ मत प्राप्त गरे ।
यसैबीच तुलसीपुरमा अब तीन वडा वडाको मत मरिणाम आउन बाँकी रहेको छ । हालसम्म १६ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ । मतपरिणामअनुसार तुलसीपुर १५ को वडा अध्यक्षमा नेकपा एमालेका लक्ष्मण चौधरी निर्वाचित भएका छन् ।
वडा नं १४ मा गठबन्धनबाट नेपाली काँग्रेसका शंकरकुमार खड्का, १३ मा नेकपा एमालेका मोहन पौडेल, १२ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुसीराम चौधरी वियजी भएका छन् ।
यस्तै वडा नं ११ मा नेकपा एमालेका मानबहादुर रावत, १० मा पनि एमालेका यमराज केसी, ९ मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम ढकाल, ८ मा एमालेका धर्मराज ओली , ७ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामबहादुर जिसी, ६ मा एमालेका दुजमान भण्डारी विजयी भएका छन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा गठबन्धनको तर्फबाट कांग्रेसका विरेन्द्र शाह वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ४ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तुलसी थापा, ३ मा एमालेका बिरबहादुर विक, २ मा एमालेका भिम बहादुर योगी र वडा नं. १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा वडाध्यक्षमा विजयी भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij