आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

विभिन्न स्थानमा ५ जना मृतावस्थामा भेटिए

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १४, २०७९



  • शनिबार देशका विभिन्न जिल्लामा ५ जना मृतावस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापा लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन् ।

    त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मकालु गाउँपालिका–२ का ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा फेला परेका हुन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहण गर्न गएका उनी आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाइमा बेपत्ता भएका थिए ।

    उता, नुवाकोटको विदुर नगरपालिका–९ खड्का थोकमा पनि एक युवक मृतावस्थामा भेटिएका छन् । सोही ठाउँ बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा मृत अवस्थामा फेला परेका हुन् ।
    त्यस्तै झापाको बिर्तामोड नगरपालिका ५ मा पनि एक बृद्ध मृतावस्थामा फेला परेका छन् । बिर्तामोडको सडक छेउमा मोरङ घर भएका अन्दाजी ७० वर्षीय कालिया नामका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    त्यस्तै काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा पनि एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको र उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij