आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राति काँक्रो किन खानु हुँदैन ? यस्तो छ कारण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २२, २०७९



  • काठमाडौं । गर्मी मौसममा मानिसहरु शरीरलाई शीतलता दिने खानेकुराहरु खान रुचाउँछन् । यस्तो अवस्थामा कागती वा काँक्रो सबैभन्दा मनपर्ने फल हो । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। काँक्रोमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुने गर्दछ ।

    काँक्रोले शरिरलाई हाइड्रेटेड मात्र राख्दैन धेरै रोगहरूको जोखिम कम गर्न पनि मद्दत गर्दछ। तर स्वास्थ्य लाभको साथ–साथै काँक्रो खानुका धेरै साइड इफेक्टहरू पनि छन्। आउनुहोस् काँक्रोको साइड इफेक्ट थाहा पाउनुहोस्।

    राति काँक्रो किन खानु हुँदैन:
    रातको समयमा काँक्रो खानु राम्रो मानिदैंन । किनभने काँक्रा पच्न समय लाग्छ । राती काँक्रा खाँदा तपाईंको निन्द्रामा समेत असर गर्दछ । यसको अलावा यदी तपाईं बढी मात्रामा काँक्रा खानुहुन्छ भने यसमा भएको पानीको कारण राती सुत्नमा कठिनाई हुन्छ, वाथरुम गइरहनुपर्छ । यसले पनि निन्द्रा बिग्रन सक्छ ।

    यस्ता व्यक्तिले काँका खानु हुँदैन:
    यदि तपाईलाई पहिले देखि नै पेट सम्बन्धी गम्भीर रोग छ भने तपाईले खाजाको समयमा काँक्रो नखानुहोस् । काँक्रामा ककरबीटासिन नामको एक शक्तिशाली मिश्रण पाईन्छ जसले पाचन प्रक्रियामा समस्या ल्याउन सक्छ ।

    तपाई के काँक्रा खाँदै नखानु त भन्ने सोच्दै हुनुहुन्छ होला । त्यसो होइन काँक्रो खानुहोस् तर तपाईंले सही समयमा र सही मात्रामा खानु पर्ने हुन्छ । दिनमा थोरै मात्रामा काँक्रो खाँदा शरीरलाई कुनै हानी हुँदैन । तपाईंलाई हाइड्रेटेड राख्नेछ। हड्डी स्वास्थ्य प्रवर्द्धन र वजन घटाउन मद्दत गर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij