आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घरघरमा तुलसीको दल राखेर आज निर्जला एकादशी मनाइँदै

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७, २०७९



  • काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर आज (शुक्रबार) निर्जला एकादशी पर्व मनाउँने गरिन्छ ।

    जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ । शुक्रबार छरेको बिऊबाट उम्रिने विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्मका तुलसीको विशेष पूजा गरिन्छ । उक्त अवधिमा तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।

    तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij