आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पोर्चुगलको समुन्द्र तटमा भेटियो नेपालीको शव

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २८, २०७९



  • इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए ।

    प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए।

    सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो । सिलवाल हराएको झण्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो ।

    सिलवाल हराएपछि प्रहरीमा परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गरी खोजीकार्य तीब्र बनाइ एनआरएनए पोर्चुगलको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो ।

    संघका अध्यक्ष रबिन अधिकारीका अनुसार सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह गरेका कारण मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया पुरा गरि शव बुझेर नेपाल पठाउनेबारे जानकारी गराइने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij