आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

  • प्रकाशित मिति : सोमवार, असार ६, २०७९



  • सप्तरी । बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका लागि जन्ती जान तयारी गरेको अवस्थामा मण्डललाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले बताए ।

    ‘पत्नीमाथि कुटपिट गरेको सूचनाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालेकाछौं,’ उनले भने ।

    मण्डलकी पत्नी काजलकुमारी मण्डलले श्रीमान‍्ले दोस्रो विवाह गर्न खोजेको आरोप लगाइन् । आफू हुँदाहुँदै आमा बुवाको कुरामा परी दोस्रो विवाह गर्न लागेको उनको आरोप छ ।

    उनले दोस्रो विवाह गर्न खोजेकोले श्रीमान‍्लाई झिकाई कानुन बमोजिम कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले श्रीमान‍्सँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीया चनरवती देवी मण्डललाई विपक्षी बनाई बहुविवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी थिइन् ।

    छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ माइती भएकी काजलको २०७३ वैशाख १५ गते सामाजिक परम्परा अनुसार फुलदेवसँग विवाह भएको थियो । दाइजो कम ल्याएको भन्दै श्रीमान्, सासू, ससुराले कुटपिट गरी यातना दिनथालेपछि २०७६ मंसिर २८ गतेदेखि नाबालिका छोरीसँगै काजल माइतीमा बस्दै आएकी थिइन् । दाइजो कम भएको भन्दै थप १० लाख दाइजो ल्याउन दबाब दिँदै श्रीमान्, सासू ससुराको यातना थेग्न नसकेपछि माइत बस्दै आएको काजलको दुखेसो छ।

    सप्तरी जिल्ला अदालत राजविराजको इजलासले मुद्दाको किनारा नलाग्दासम्म नाबालिका छोरी ज्योति कुमारी मण्डल र मलाई मासिक पाँच हजारका दरले १० हजार दिन आदेश दिएका थियो । श्रीमान‍्ले अदालतको आदेश कार्यान्वयन नगरी उच्च अदालत राजविराज जनकपुरमा मुद्दा दिएको उनले जानकारी दिइन् ।

    पीडित काजलले अदालतमा मुद्दा चलिरहेको समयमा दोस्रो विवाह गर्न खोज्ने पतिलाई हदैसम्मको कारबाहीको माग काजलले गरेकी छिन् ।

    ससुरा राजेन्द्रले जग्गा जमिनसहित सम्पत्ति अर्काको नाममा नामसारी गरी छोरालाई सम्बन्ध विच्छेदको मुद्दा लगाउन उक्साएको उनले आरोप लगाइन् । बुवाको मृत्यु भइसकेकोले दाजुभाइको शरणमा ४ वर्षीये छोरीसहित छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित माइती घरमा बस्दै आएको दुखेसो काजलको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij