प्रकाशित मिति : शुक्रबार, असार १०, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान हजयात्रीलाई बिदाइ गरेको खाणको सचिवालयले जानकारी दिएको छ।
हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका थिए।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताएका थिए।
हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारलगायत विमानस्थल पुगेका थिए।
नेपालबाट हजयात्रामा जाने टोलीलाई साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ।
मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij