आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अर्धभूमिगत रहेका लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९



  • थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।

    माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए ।

    त्यसपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो । रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ । गएको स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारलाई भोट मागे पनि लक्ष्मण थारु पार्टी प्रवेश भने गरेका थिएनन् ।

    नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण थारुको प्रवेशसँगै थरुहट थारुवान राष्ट्रिय मोर्चामा आबद्ध उनका सहकर्मीहरू आउने लर्को लाग्ने आङ्कलन गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष श्रवण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि नेपाल लोकतान्त्रिक पार्टीको महामन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

    थरुहट थारुवान राष्ट्रिय मोर्चा लुज फोरम थियो । लक्ष्मण थारु बाहेक यसमा संग्लग्नहरु विभिन्न दलमा आबद्ध थिए । यसको प्रवक्ता रहेका मीनराज चौधरीले काँग्रेसबाट बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा दाबी गरे पनि टिकट पाएनन् । मोर्चाको युवा संगठनको अध्यक्ष रहेका सिताराम चौधरीले बर्दिया राजापुरको वडाध्यक्षमा काँग्रेसबाट दाबी गरे पनि टिकट पाएनन् । स्थानीय चुनावमा आफ्नो वडामा काँग्रेसलाई विजयी गराए पनि सिताराम चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य डा गोपाल दहितलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ । दहित थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सांसद भएका थिए । पार्टीले हायलकायल पारेमा थरुहट तराई पार्टी तथा फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेको ठूलो समूह नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न सक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij