आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल

  • प्रकाशित मिति : आइतवार, असार १२, २०७९



  • गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

    हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ ।

    २०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

    २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन ।

    विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरू स्तरीय स्वास्थ्य सेवा लिन दुःख पाउनु नपर्नेस्थानीय मणि पाण्डेले बताए ।

    गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरू धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरिक तथा बाहृय पर्यटकहरू भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

    उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैन भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भए पनि प्राविधिक कामहरू पूरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।

    जिल्लामा स्वास्थ्य सेवाको पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा स्वास्थ्य सेवा लिन सहज हुने बतायन् ।

    रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

    २०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको परियारले बताए ।

    कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधीग्रहण गरिएको छ ।

    सम्बन्धित निकायबीच सहकार्य गरेर छिटोभन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भए पनि उडान गर्ने कार्यमा ढिलाइ गर्न नहुने बताए ।

    यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाइका कारण उडान हुन सकेको छैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij