आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘दृश्यम’ अभिनेत्री मिनाका श्रीमानको निधन

  • प्रकाशित मिति : बिहिबार, असार १६, २०७९



  • दक्षिण भारतीय अभिनेत्री मीनाका श्रीमान तथा व्यापारी विद्यासागरको निधन भएको छ। उनको चेन्नईको एक निजी अस्पतालमा निधन भएको हो।

    उनी लामो समयदेखि फोक्सोको बिरामी थिए। कोरोना लागेपछि उनको फोक्सोमा थप समस्या आएको थियो। केही महिनादेखि फोक्सोको उपचार गराइरहेका विद्यासागरको बुधबार बिहान निधन भएको हो।

    मीनाको श्रीमानको निधन भएको दक्षिण भारतीय अभिनेता सरथकुमारले ट्वीटमार्फत जानकारी दिएका हुन्।

    मीनासँगै फिल्ममा अभिनय गरिसकेका सरथकुमारले निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अभिनेत्री मीनाका श्रीमान विद्यासागरको असामयिक निधनको खबर सुनेर स्तब्ध भएको छु। मीना र उहाँका परिवारप्रति हार्दिक समवेदना छ। उहाँको आत्माले शान्ति पाओस्।

    अभिनेत्री मीना र विद्यासागरले सन् २००९ मा विवाह गरेका थिए। उनीहरूकाे एक छोरी नैनिका छिन्। नैनिका बालकलाकार हुन्। उनले विजयकुमारको फिल्म ‘थेरी’बाट अभिनयमा डेब्यू गरेकी थिइन्।

    दक्षिण भारतीय फिल्ममा काम गरिरहेकी मीना ‘दृष्यम १ र २’ मा देखिएकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij