आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित

  • प्रकाशित मिति : शनिबार, असार १८, २०७९



  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

    आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुर सहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij