आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अभिनेता राज बब्बरलाई जेल सजाय

  • प्रकाशित मिति : शुक्रबार, असार २४, २०७९



  • मुम्बई। २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ। उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ।

    राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो। यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ। अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ। फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन्।

    लखनउको वजीरगञ्जमा उनले चुनाव अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए। त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए। सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए। यो मामलामा बिहीबार फैसला सुनाइएको हो।

    मतदान अधिकारीका अनुसार मतदान केन्द्र संख्या १९२-१०३ को बुथ संख्या १९२ मा जब मतदाता आउन बन्द भयो, तब उनी मतदान केन्द्रबाहिर निस्किएर खाना खान गइरहेका थिए। त्यही बेला प्रत्याशी राज आफ्नो साथीहरुलाई लिएर मतदान केन्द्रमा आएका थिए र फर्जी मतदानको झुठो आरोप लगाउन थाले। सरकारी काममा बाधा पुर्याउँदै उनले कुटपिट पनि गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij