प्रकाशित मिति : बिहिबार, असार ३०, २०७९
तुलसीपुर ।तुलसीपुरकी एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । तुलसीपुर वडा नं. ८ कृष्णमन्दीर निवासी २५ वर्षीया कल्पना कडेँल कार्की धादिङको मलेखु माइतीघरबाट घर तुलसीपुर फर्कने क्रममा बेपत्ता भएकी हुन । चार दिन अघि घरयासी कामका लागि माइतमा पुगेकी कल्पना गत मंगलबार धादिङको मलेखुमा रहेको माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कबिहिन भएको आफन्त दाई शेरबहादुर पठाइले जानकारी दिए ।
कल्पनाका श्रीमान मनबहादुर कार्की चार वर्ष अघिदेखि वैदेशिक रोजगारीमा छन् । घरमा सासु ससुरा संग बसिरहेकी कल्पनाले तीन वर्षको छोरालाई घरमै छोडेर माइतीमा गएको र माइतीघरबाट घर फर्कनेबेला वेपत्ता भएको परिवारले जनाएको छ ।
कल्पनाले घरबाट नागरिकताबाहेक अरु कुनै सामान नलिएको आफन्तले बताएका छन् । माइत गएकी बुहारी बेपत्ता भएपछि परिवारले खोजिका लागि प्रहरीलाई बिहिबार बिहान निवेदन दिएको छ । मोबाईल पनि माइतीमै छोडेर सम्पर्कबिहिन भएकोले खोजी गर्न समस्या भएको परिवारले जनाएको छ ।
तुलसीपुर अनलाईनबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij