आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ब्यापक जनगुनासोपछि जनप्रतिनिधिसहित विद्युत कार्यालय पुगे गिरी

  • प्रकाशित मिति : शुक्रबार, असार ३१, २०७९



  • नेपालगञ्ज । विद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि पूर्व सिंचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले विद्युत कार्यालयको ध्यानाकर्षण गराएका छन् । आज सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिका साथ तुलसीपुरस्थित बिद्युत बितरण कार्यालयमा पुगेका गिरीले समस्या समाधानका लागि गम्भीरता देखाउन ध्यानाकर्षण गराएका हुन् ।

    केन्द्रीय सदस्य गिरीसंगै दंगीशरण गाउँपालिकाका अध्यक्ष शभ्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल, डा. नहकुल केसी, काँग्रेस दाङका सदस्य रमेश मल्ल, दंगीशरण–६ का वडाध्यक्ष रोशनजंग शाह, बबई काँग्रेसका सभापति प्रकाश बस्नेतसहितका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही समेत गएका थिए ।

    गिरी सहितको टोलीले बिजुलीका मिटर बक्स जोड्न कर्मचारीले घुस मागेको, पोल पुगे पनि बत्ती विस्तार नभएको, मिटर रिडिङ गर्न कर्मचारी नआएको र कम भोल्टेजको बिजुली प्रवाह भएको लगायत समस्या सुनाएका थिए । कार्यालय प्रमुख ज्ञानप्रसाद फर्सालले कर्मचारीका केही कमजोरी भए सुधार्ने र आफूहरूलाई अहिले बजेटको पनि समस्या भएको जवाफ दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij