आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गभर्नर अधिकारीले शैक्षिक योग्यता ढाँटेको भन्दै अख्तियारमा उजुरी

  • प्रकाशित मिति : शुक्रबार, असार ३१, २०७९



  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यता ढाँटेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    नेकपा माओवादीकाे भातृ संगठन वाइसीएलका सुमन देवकोटाले गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी गर्दै बिहिबार अख्तियारमा निवेदेन दिनुभएकाे हाे । नेपाल राष्ट्र बैंक ऐनले १० विषय तोकेरै ती मध्ये कुनै एकमा स्नातकोत्तर उपाधिलाई अनिवार्य योग्यता माने पनि अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर नगरेको दावी उजुरीमा गरिएको छ ।

    गभर्नर अधिकारीले गत वैशाखमा अर्थ मन्त्रालयमा पेश गरेको ब्यक्तिगत विवरणमा शैक्षिक योग्यता स्नातक पास मात्रै उल्लेख गरेको आधारमा अख्तियारमा उजुरी परेको हो । अधिकारीले सन् १९८९ मा नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक तह उत्तीर्ण गरेको विवरणमा उल्लेख गरेको बुझिएको छ । अधिकारीले भारतबाट सन् १९९३ मा सीए पूरा गरेको र सोही आधारमा गभर्नरको नियुक्ति लिएको दावी गरिएको छ ।

    तर त्रिभुवन विश्वविद्यालयले उक्त सिएलाई समकक्षताको मान्यता नदिएकाले अधिकारीको योग्यता नपुग्ने दावी अख्तियारमा परेको उजुरीमा गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले नेपालमा स्नातक उत्तीर्ण गरी अन्य मुलुकबाट सीए उत्तीर्ण गरेकालाई स्नाकोत्तरको समकक्षता दिने निर्णय हालसम्म नभएको प्रष्ट पारेको छ ।

    यसअघि अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी नियुक्त हुँदा पनि बाेर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्तले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दिएकाे मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij