आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिक्टाको पानी खेतमा पुगेपछि किसान हर्षित

  • प्रकाशित मिति : आइतवार, साउन १, २०७९



  • बाँके । सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् ।आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् ।वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

    उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो । किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नं ६ र ७ किसानले खेती गर्न सक्नेछन् ।

    आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हुँदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पु¥याउने लक्ष्यका साथ नहर निर्माणकार्य गरिरहेको छ।यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन ।

    सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ । नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए ।

    उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ । यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij