आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्थानीय तहले गरे नियमविपरीत अर्बौंको खर्च, नियमविपरीत करार नियुक्तिमा १ अर्ब बढी खर्च

  • प्रकाशित मिति : सोमवार, साउन २, २०७९



  • काठमाडौं । स्थानीय तहले नियमविपरीत अर्बाैं रुपैयाँ खर्चंदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बाैं रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।जसका कारण धेरै स्थानीय तह कुशासनको चक्रमा फसेको देखिएको छ । महालेखाका अनुसार गत वर्ष २ सय ६४ भन्दा बढी स्थानीय तहले दरबन्दी नै नभएको तथा दरबन्दीभन्दा बढी करारमा नियुक्त गरी १ अर्ब ३१ करोड ४० लाख ५८ हजार तलब भत्तामा खर्चेका छन् ।

    महालेखाले स्थानीय तहको यो कार्यलाई नियमविपरीत भनेको छ । यसअघि स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई पोस्न करारमा नियुक्त गरेका थिए । त्यसरी नियुक्त गर्दा राज्यकोषको अर्बभन्दा बढी रकम खर्च भएको हो ।यसैगरी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ मा चाडबाड खर्चको कुनै व्यवस्था छैन तर विभिन्न १९ वटा स्थानीय तहले गत वर्ष ६१ लाख ७७ हजार रुपैयाँ चाडबाड खर्चमा सकेका छन् यसैगरी २२ स्थानीय तहले पोसाक सुविधामा ६९ लाख ४९ हजार तथा ऐनविपरीत २ सय १ स्थानीय तहले यातायात तथा अनुगमन सुविधालगायतमा ९ करोड ९८ लाख ७१ हजार रुपैयाँ खर्चेका छन् ।

    जुन नियमविपरीत हो । यसरी नियमविपरीत खर्चेको रकम सम्बन्धित पक्ष र निकायबाट असुलउपर गर्न गराउन पनि महालेखाले निर्देशन दिएको छ । महालेखाका अनुसार कानुनविपरीत १ सय ५५ वटा स्थानीय तहले ३ करोड ९२ लाख ७२ हजार बैठक भत्ता लिएको देखिएकाले सो पनि असुल गर्नुपर्ने देखिएको छ । स्थानीय पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा पदाधिकारीले स्वकीय सचिव र सल्लाहकार राखि पारिश्रमिक दिन नपाइएने व्यवस्था छ ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij