आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण अन्तिम चरणमा

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७९



  • दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनियर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्र ट्याङकीमा राखिएको छ । गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।

    भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भए पनि प्राविधिक जाँचको काम बाँकी रहेकाले प्राविधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने उनको भनाइ छ । न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब रु एक करोड ५० लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।

    इन्धन डिपो नहुँदा काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो । यात्रु बस्ने सिटमा राखेर इन्धन ल्याउनुपर्ने अवस्था भएकाले पनि भाडा महँगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ ।

    टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाज सञ्चालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ । विसं २०११ मा टरिगाउँ विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij