आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७९



  • काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । झापा जिल्ला प्रहरी कार्यालयका स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेला परेको हो ।

    शनिबार रातिदेखि हराएका उनीहरूको शव आइतबार बिहान फेला परेको सोही गाउँपालिकाले जनाएकाे छ । तीनै जना किशोरीहरू चिया बगानमा मजदुरी गर्ने गरेकाे जनाइएकाे छ । दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको कचनकवल गाउँपालिकाले जनाएकाे छ।

    उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij