आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्वास्थ्य राज्यमन्त्रीले लिए डा.चौरसियासँग स्पष्टीकरण

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७९



  • स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरसियसँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा.चौरसियालाई स्वास्थ्य मन्त्रालयमै बोलाएर राज्यमन्त्री केसीले जवाफ मागेका हुन् ।

    उनले औषधि उपकरण खरिद प्रकरणमा मनलाग्दी नगर्नसमेत निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘अनियमितताबारे अझै अध्ययन हुन्छ । मन्त्रालयले यस विषयमा अध्ययन थाल्छ ।’ १० अर्बको औषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयको वास्तविकता के हो भनेर राज्यमन्त्री केसीले डा. चौरसियासँग जवाफ माग गरेका थिए ।
    डा.चौरसियाले भने आफूले गल्ती नगरेको जवाफ दिएका थिए । राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखामा पत्र पठाएर डा. चौरसियासँग जवाफ मागेको थियो । १० अर्बको औषधि उपकरणहरु खरिदमा अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित भएपछि राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij