आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अस्ट्रेलियामा साउदी दिदीबहिनीको मृत्यु, २ महिनापछि पनि कुनै सुराग छैन, अब एफबीआईले सहयोग गर्ने

  • प्रकाशित मिति : शनिबार, साउन १४, २०७९



  • काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा दुई साउदी अरेबियाकी युवतीको हत्या प्रहरीका लागि पनि रहस्यमय सावित भएको छ । झण्डै दुई महिना बितिसक्दा पनि प्रहरीले हत्या वा आत्महत्या हो भन्ने पत्ता लगाउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार अष्ट्रेलिया प्रहरीले अब यस केसको अनुसन्धानमा अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको सहयोग लिने भएको छ ।

    आसरा अब्दुल्लाह (२३) र उनकी दिबी अलसेहिली अब्दुल्ला (२४) को शव जुन महिनाको सुरुमा आफ्नो अपार्टमेन्टको सुत्ने कोठामा भेटिएको थियो। दुवै दिदीबहिनी सन् २०१७ मा साउदी अरबबाट भागेर अष्ट्रेलिया आएका थिए । ‘न्यूयोर्क टाइम्स’का अनुसार जुनको पहिलो साता सिड्नीस्थित उनीहरुको अपार्टमेन्टमा दुवै दिदीबहिनीको शव भेटिएको थियो । अहिलेसम्मको अनुसन्धान अनुसार शवको अवस्था र पोस्टमार्टम रिपोर्टले दुवैको मृत्यु मे महिनामा भएको हुन सक्ने देखिन्छ ।

    दुवैको शरीरमा चोटपटकको कुनै निशान थिएन । प्रहरीले घरको नजिकबाट जाँच गर्दा त्यहाँ बाहिरका मानिस आएको जस्तो लाग्ने कुनै कुरा भेटिएन । प्रहरीले लामो समय र धेरै पटक वरपरका मानिसहरूसँग सोधपुछ पनि गर्‍यो। यसमा पनि कुनै संकेत थिएन। दुवै युवती सन् २०१७ देखि सिड्नीको एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । छिमेकीले पनि खास केही भन्न सकेनन् ।

    सिड्नी प्रहरीले युवतीहरूको घरमालिकले भाडालका लागि फोन गरेको बताएको छ। पटकपटक फोन गर्दा पनि रिसिभ नभएपछि उनले प्रहरीलाई फोन गरे । प्रहरी पुगेपछि दुवै दिदीबहिनीको शव दुई फरक कोठामा फेला परेको थियो । अष्ट्रेलियामा यी दुई युवतीको चिनजान वा परिवारको कोही सदस्य छैनन् ।

    अप्रिलको पहिलो साता प्रहरीले कल्याणकारी कार्यक्रमअन्तर्गत उनीहरूलाई भेटेको थियो । त्यतिबेला दुबै जना ठिक थिए । त्यसपछि जून ७ मा उनीहरुको शव भेटिएको थियो । जुन १० मा पोस्टमार्टम गरिएको थियो। अब अमेरिकी एजेन्सी अनुसन्धानमा सामेल भएको छ।

    दुवै दिदीबहिनी विरलै बाहिर निस्कने र छिमेकीसँग कम कुरा गर्ने गरेकोले वरपरका मानिसहरू अलमलमा परेका छन् । स्पेशल सेलका प्रहरी अधिकृत क्लाउडिया इल्क्राफ्टले भनिन्–हामी जनतालाई अपिल गर्दछौं कि यदि उनीहरूसँग यस केससँग सम्बन्धित कुनै जानकारी छ भने कृपया हामीलाई भन्नुहोस्। यो एकदमै जटिल मामला हो। मृत्युको कारण के हो भन्ने पनि खुल्न सकेको छैन । उनीहरूको जीवन जति रहस्यमय थियो, त्यति नै उनीहरूको मृत्यु पनि थियो । उनीहरू अस्ट्रेलियामा स्थायी बसोबास चाहन्थे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij