आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शिक्षक बने मेयरको पीए, विद्यालयमा खेताला !

  • प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७९



  • विराटनगर । विराटनगर महानगरपालिकाले स्थायी शिक्षकलाई मेयरको सचिवालयमा बोलाएर विद्यालयमा खेतला शिक्षक पठाएको छ । प्राथमिक तहका शिक्षक डिकप्रसाद घिमिरेलाई मेयर नागेश कोइरालाको सचिवालयमा काज सरुवा गरेर विद्यालयमा खेताला (सट्टा शिक्षक) पठाएको हो ।

    महेन्द्र माध्यमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक घिमिरेलाई गत जेठमा मेयर कोइरालाले आफ्नो सचिवालयमा ल्याएका हुन् । घिमिरेको स्थानमा करार नियुक्त भएका शिक्षकलाई महानगरपालिकाको कार्यालयले तलब खुवाउनेछ ।

    महेन्द्र माध्यमिक विद्यालयकै प्राथमिक शिक्षिका अन्जु खड्का पनि प्रदेश १ योजना आयोगमा काज सरुवा लिएर गएकी छन् । खड्काको गत चैतमा योजना आयोगमा काज सरुवा भएको थियो ।

    राजनीतिक पहुँचका आधारमा काजमा गएका शिक्षकको स्थानमा विद्यालयले दुई जना सट्टा शिक्षकलाई करारमा नियुक्त गरेको महानगरपालिकाले बताएको छ । दुई शिक्षकको आवश्यकताका आधारमा काज सरुवा भएपछि विद्यालयमा सट्टा शिक्षक राखिएको विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij