प्रकाशित मिति : बिहिबार, साउन २६, २०७९
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिवारको व्यापारिक गतिविधिबारेको अनुसन्धानमा जवाफ दिन अस्वीकार गर्नुभएको छ ।
आफूमाथिको छानविन र प्रश्नोत्तर रोक्न माग गर्दै उहाँले न्युयोर्क महान्यायाधीवक्ताकाको कार्यालयमा मुद्दा समेत हाल्नुभएको छ ।
न्युयोर्कको म्यानहटनस्थित आफ्नो कार्यालयमा सोधपुछपछि विज्ञप्ति जारी गर्दै उहाँले न्युयोर्कका महान्यायाधीवक्ता लेटिसिया जेम्समाथि आवश्यकता भन्दा बढी अनुसन्धान गर्न खोजेको आरोप लगाउनुभयो ।
वर्षाैंदेखि लाखौं डलर खर्च गरेर भईरहेको खोजीबाट अहिलेसम्म हात लाग्यो शून्य हुँदा पनि त्यही विषयमा प्रश्न उठाएकाले आफूले जवाफ दिन अस्वीकार गरेको भन्दै ट्रम्पले अनावश्यक सोधखोजमा नबोल्ने अधिकार संविधानले हरेक अमेरिकी नागरिकलाई दिएको छ भन्नुभएको छ ।
फ्लोरिडास्थित ट्रम्पको रिसोर्ट हाउसमा एफबीआइले छापा मारेको अर्को दिन ट्रम्पमाथि पुरानो मुद्दामा सोधपुछ गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij