आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शहरी विकास मन्त्री चौधरीद्धारा लमहीमा सभागृहको शिलान्यास

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७९



  • दाङ। दाङको लमही स्थित रातोडाँडामा सभागृह बन्ने भएको छ । सभागृह निर्माणका लागि लमही नगर विकास समितिले एक विगाहा जग्गा सभागृहको लागि छुट्याएको थियो । तर बजेट अभावका कारण जग्गा छुट्टिए पनि सभागृह निर्माणको काम अघि बढेको थिएन । सभागृह निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेटबाट छुट्याए पछि भने सभागृह बन्ने भएको हो । प्रदेश तथा केन्द्रस्तरका ठूला सभा सम्मेलन सञ्चालन गर्न लमहीमा सभाहलको अभाव छ ।

    त्यो अभाव हटाउन प्रदेश र केन्द्रस्तरका ठूला सभाहरु सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुविधासम्पन्न सभागृह निर्माण गर्न थालिएको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहको शिलान्यास गरेका छन् । लमही नगर विकास समितिको एक विगाहा जग्गामा सभागृह निर्माण हुने र यो सभागृहले समग्र दाङको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहले देउखुरीको आर्थिक विकासमा योगदान गर्ने बताए । शहरी विकास मन्त्रालयको १८ करोड बजेटबाट लमहीमा सभागृह निर्माण शुरु हुने र तीन वर्षभित्र सम्पन्न हुने मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले बताए । शहरी पूर्वाधारअन्तर्गत सभागृहको परिकल्पना गरिएको हो ।

    नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमहीको आर्थिक विकासमा सभाहलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर विकास समितिले करिब ५३ करोडको लागतमा सभागृह निर्माण हुने डिपियार तयार पारेको छ । करिब एक हजार मानिस अट्ने क्षमताको सभाहल बन्ने र त्यसभित्र डिजिटल सुविधाको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । सभागृह शिलन्यास कार्यक्रममा मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्रमान श्रेष्ठ, लमही नगर पालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीलगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij