आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राष्ट्रपतिको कदम स्वभाविक : भीर्माजुन आचार्य

  • प्रकाशित मिति : सोमवार, साउन ३०, २०७९



  • काठमाडौं । संविधानविद भीर्माजुन आचार्यले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुलाई स्वभाविक भनेका छन् ।

    राष्ट्रपतिको कदमबारे आचार्यले तीन कारणले राष्ट्रपतिको कदम स्वभाविक हुने तर्क गरे ।

    पहिलो, राष्ट्रपतिले आवश्यक देखेमा सन्देशसहित पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको सदनमै फिर्ता गर्न सक्ने व्यवस्था संविधानमै छ । ‘संविधानमै भएको अधिकार राष्ट्रपतिले प्रयोग गर्दा त्यसलाई अन्यथा भन्न मिल्दैन’ उनले भने ।

    दोस्रो, संविधानमा नलेखेको अवस्थामा पनि संवैधानिक कानून, संवैधानिक अभ्यास के छन् भन्ने हेर्न सकिन्छ । त्यो हिसाबले पनि राष्ट्रपतिलाई अविभावकका रुपमा संसदले गरेको काम ठीक छैन भन्ने लागेमा तपाईंहरु एक पटक हेर्नुहोस् भनेर फिर्ता पठाउन सकिने आचार्यको भनाइ छ । ‘त्यो हिसाबले पनि म यसलाई ठीक मान्छु’ उनले भने ।

    तेस्रो, विगतको परम्परा हेर्दा पनि २०४७ सालको संविधान अन्तर्गत राजा वीरेन्द्रले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिएनन् । ‘नागरिकता विधेयकमाथि नै उनले असहमति जाहेर गरेका थिए । गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति रामवरण यादवले कटवाल प्रकरणमा असहमति जाहेर गर्नुभएको थियो’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij