आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी हेडक्वाटर तानिए

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७९



  • धनगढी । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटरतानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिनका थालिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा भट्टराईले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको बताए ।

    एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन वापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको छ ।

    सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् । गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै एसपी विष्टकै सिफारिसमा साहुमाथि जन्मकैदको सजाय माग गरिएको छ । तर साहुका परिवारले एसपी विष्टले फसाउन झुठो मुद्दा लगाएको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij