आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिन्धुलीमा एक्ला एक्लै लडे एमालेलाई फाइदा, नत्र गठबन्धन

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७९



  • सिन्धुली । सिन्धुलीमा आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धन नभएर ठूला दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै लडे गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले एमालेलाई अगाडि देखाएको छ ।

    २०७४ को निर्वाचन अघि तीनवटा संसदीय निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २०७४ देखि दुईवटा निर्वाचन क्षेत्रमा खुम्च्याइएको छ । सिन्धुलीलाई नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी यी तीनैवटा पार्टीको प्रभाव क्षेत्र मानिन्छ ।

    गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवाचनको मत परिणामलाई हेर्दा सिन्धुली जिल्लामा प्रदेश र संघकाे निर्वाचन पनि नेकपा एमालेको मत बढी आउने देखिएको छ ।तर गत स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा दुबै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभामा कांग्रेस र माओवादी भन्दा एमालेलाई अघि देखाएको छ ।

    जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको एक तथ्यांकले यस्ताे नतिजा देखाएको हाे । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सिन्धुलीमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्थानीय तहको निर्वाचनमा सिन्धुलीका २ वटा क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लेषण गर्दा नेकपा एमाले एक्लै दुवै स्थानमा झिनो मतले बलियो देखिएको छ । एमालेले क्षेत्र १ मा कांग्रेसलाई र क्षेत्र नम्बर– २ मा माओवादीलाई पछि पारेको थियाे ।

    क्षेत्र नम्बर– १ मा वडागत मतलाई आधार मान्ने हो भने एमाले झण्डै तीन हजार मतले कांग्रेस भन्दा अघि रहेको छ ।यो निर्वाचन क्षेत्रमा जम्मा ४१ वटा वडा पर्छन् । गत स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षहरूले ३० हजार ३३ मत पाउँदा कांग्रेसका वडा अध्यक्षहरूले २७ हजार ६ सय ८२ मत ल्याएका छन् ।

    नेकपा माओवादीका उम्मेदवारहरूले यी वडामा १३ हजार ३ सय ६९ मत पाएका छन् । यो क्षेत्रमा कमलामाई नगरपालिकाको वडा नं ९,१३,१४ र दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल र तिनपाटन पर्छन् । गत वैशाख ३० गते यस क्षेत्रका १४ वटा वडामा कांग्रेस र एमालेको साझा उम्मेदवारले चुनाव लडेका थिए । यहाँ कांग्रेस र माओवादीका वडा अध्यक्षहरुले पाएको मतलाई जोड्दा ४१ हजार ५१ मत हुन आउँछ । अहिले कांग्रेस र माओवादी केन्द्र सत्ता गठबन्धनमा रहेका छन् । यदि यी दुबै दलले गठबन्धन गरे भने एमाले ११ हजार १८ मतले पछि पर्नेछ र गठबन्धनका उम्मेदवारले जित्न सक्नेछन् । नत्र एक्ला एक्लै लडे एमालेले जित्न सक्नेछ ।

    २०७४ को निर्वाचनमा एमाले र माओवादीले वाम गठबन्धन मार्फत उम्मेदवार खडा गरेका थिए । जसमा यो क्षेत्र नेकपा एमालेको भागमा परेको थियो । यो क्षेत्रमा २०७४ मा नेकपा एमालेका गणेश पहाडी विजयी हुनुभएको थियो । उहाँले ३२ हजार ५ सय २९ मत पाउनुभएको थियो । पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई हराउनु भएको थियो । पहाडीले १० हजार बढि मतले दाहालसँग विजयी हासिल गर्नुभएको थियो ।

    क्षेत्र नम्बर– २ मा भने एमाले मतको आधारमा माओवादी केन्द्रभन्दा अगाडि देखिएको छ । यहाँ गत स्थानीय तह निर्वाचनका आधारमा एमाले पहिलो,माओवादी दोस्रो र कांग्रेसले तेस्रो स्थान हासिल गरेका छन् ।यस क्षेत्रमा कमलामाई नगरपालिकाको १ देखि ८ र १० देखि १२ सम्मका वडा, सुनकोशी, हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाको वडाहरु पर्छन् ।

    स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा २१ हजार ४ सय ५५ मत पाएको थियाे । माओवादीले १९ हजार ४ सय ८८ मत पाएको थियाे । त्यस्तै, यो क्षेत्रमा कांग्रेसले भने १९ हजार २९ मत पाएको थियाे ।

    यहाँ कांग्रेस र माओवादीका वडा अध्यक्षहरुले पाएको मत जोड्दा ३८ हजार ५१७ मत हुन्छ । यो मत एमालेले पाएको भन्दा १७ हजार ६२ मत बढी हो ।

    २०७४ को चुनावमा यो क्षेत्र बाम गठबन्धन गर्दा माओवादीको भागमा परेको थियो । त्यतिबेला यो क्षेत्रमा माओवादीका हरिबोल गजुरेलले कांग्रेसका नरेन्द्रजंग थापालाई पराजित गर्नुभएको थियो । गजुरेलले ३० हजार १ सय ७९ मत ल्याउँदा थापाले १८ हजार १ सय २७ मत ल्याउनुभएको थियो ।

    २०७४ को चुनावमा दुवै क्षेत्रबाट बाम गठबन्धन उम्मेदवार विजयी भएका थिए । त्यसैगरि प्रदेशका ४ वटा क्षेत्रमा बाम गठबन्धन विजयी भएको थियो ।

    प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले १६ हजार ५२४ मत ल्याएर विजयी हुँदा कांग्रेसका गंगा गिरी ११ हजार ८ मत ल्याएर दाहालसँग पराजित हुनुभएको थियो । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) मा नेकपा एमालेका प्रदीप कटुवाल १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका श्याम घिमिरेलाई ११ हजार ९५५ मत प्राप्त भएको थियो ।

    यसैगरी क्षेत्र नम्बर २ को (क) मा एमालेका विनोद खड्काले १७ हजार ३६६ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका माणिक ढकाललाई ९ हजार ८५८ मत आएको थियो । त्यसैगरी क्षेत्र नम्बर २ (ख)मा माओवादीका बुद्धिमान माझी १३ हजार ७४९ मत ल्याएर विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसमा छत्र बम्जन ८ हजार ५२३ मत ल्याएर पराजित हुनुभएको थियो ।

    २०७४ को निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेर प्रतिनिधि र प्रदेश सभामा सीट बाँडफाँट गरेका थिए । तर अहिले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ । समाजवादी सरकामा छ । उ सत्ता गठबन्धन रहिरहे गठबन्धन मार्फत नै निर्वाचनमा जानेछ । गठबन्धनमा जाँदा सिन्धुलीका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क–कसको भागमा पर्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । किनकि गठबन्धनले सीटको ढुंगो लगाएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij