आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीले सार्वजनिक गर्‍यो अपराधीको तस्वीर, अनुहार हैन नितम्ब हेरेर पहिचान गर्नुपर्ने

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७९



  • चोर र पुलिसको सम्बन्ध निकै पूरानो हो । जहाँ चोर हुन्छ, उसको पछाडि पुलिस पनि लागिरहेको हुन्छ । आमरुपमा जब पुलिस आफैले अपराधी पक्रिन सक्दैन, उसले आम जनताको सहयोग लिन्छ । अभियुक्तको विस्तृत विवरण, उसको अनुहार खुल्ने तस्वीर, स्केच आदि सार्वजनिक गरिन्छ ।

    मानिसहरुले अभियुक्तको अनुहार हेरेर पहिचान गर्ने र पुलिसलाई सुराकी दिएर सहयोग गर्न सक्दछन् । तर, अनुहार हेरेर मात्रै अभियुक्तको पहिचान गर्ने भन्ने हुँदो रहेनछ ।

    हालैको एक घटनामा प्रहरीले एक अभियुक्तको तस्वीर सार्वजनिक गरेको छ, जहाँ मानिसहरुलाई उसको नितम्ब हेरेर उसको पहिचान गर्न भनिएको छ।

    बेलायतको वेस्ट मिडल्याड्समा यो घटना भएको हो । गत अगष्ट ११ मा त्यहाँ दुईजना अभियुक्तहरूले एउटा भ्यानबाट सामान चोरेका थिए ।

    प्रहरीले हात पारेको सिसिटिभी फुटेजमा चोरी गर्न आएकोमध्ये एकजना अभियुक्तको पाइन्ट केही तल झरेको थियो र पछाडि पटि्टबाट अभियुक्तको नितम्ब देखिएको थियो ।

    अभियुक्तको शरीरको अगाडिको भाग सिसिटिभी क्यामरामा कैद भएन र नांगो नितम्बसहितको पछाडिको भाग मात्र देखियो ।

    प्रहरीले त्यहीँ नितम्बसहितको अभियुक्तको तस्वीर प्रिन्ट गरेर मानिसहरुलाई बाँडेको छ र अभियुक्तलाई चिनेमा खबर गर्न भनेको छ ।

    अहिलेसम्म ती दुई चोरले साठी भन्दा धेरै ठाउँमा चोरी गरेको बताइएको छ । तर उनीहरुलाई पक्राउ गर्न सकिएकेा छैन । उनीहरुको अनुहार अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

    अनुहारको साटो नितम्ब हेरेर अभियुक्त पहिचान गर्नका लागि प्रहरीले गरेको अपिल सफल हुने लक्षण देखिएको छैन । मानिसहरुले उल्टै प्रहरीको खिल्ली उडाएका छन् ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij