प्रकाशित मिति : सोमवार, भदौ १३, २०७९
दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले बताएको छ
वर्षा रोकिएपछि पहिरो पन्छाउने उनले बताए । बाटो बन्द भएकाले सवारी साधनहरू सल्यानको कपुरकोट र दाङको तुलसीपुरमा राेकिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij