आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

संघीय निर्वाचन लड्ने तयारीमा कुलमान !

  • प्रकाशित मिति : बुधबार, भदौ १५, २०७९



  • नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् ।

    माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको छ’, उनले भने, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।’ घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए । घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए ।

    घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए । उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । घिसिङले भने यसबारे मुख खोलिसकेका छैन ।

    चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्डको भनाइ थियो ।

    माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमाडौंमा प्रभाव बढाउने रणनीति बनाएको छ । माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij