प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७९
हास्य कलाकार नारद खतिवडालाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी खतिवडाको बिहीबार उपचारको क्रममा निधन भएको हो । ७४ वर्षीया सावित्री देवीको पछिल्लो समय वीर अस्पतालमा उपचार भइरहेको थियो । सावित्री विगत ४ वर्षदेखि पक्षघात, प्रेसर लगायत बिभिन्न रोगसँग लड्दै आएकी थिइन् ।
कलाकार खतिवडाले आमाको निधनको दुखद खबर सामाजिक सञ्जाल मार्फत समेत शेयर गरेका छन् । उनले लेखेका छन्, ‘ लगातार ४ वर्षदेखि अथक प्रयत्नका बाबजुद पक्षघात ग्रस्त मेरी ७४ बर्षिय आमा सावित्रीदेवी खतिवडाको आज मध्यान्नबाट सजीव रहनु भएन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij