आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवककाे मृत्यु

  • प्रकाशित मिति : आइतवार, भदौ १९, २०७९



  • दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जना युवककाे मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबिन केसी रहेका छन् । शनिबार राति करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

    भीरबाट खसेर बेपत्ता भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटनास्थल पुगेको थियो । शनिबार राति करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारी राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो ।

    अस्पताल पुर्याइएलगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयाे। अहिले नबिन केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij