आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्रीको गुनासो : कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो

  • प्रकाशित मिति : बुधबार, भदौ २२, २०७९



  • k|wfgdGqL b]pjf – ;Daf]wg sf7df8f}F, !! ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf, a'waf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] s]Gb|Lo sfof{no ejg pb3f6g ;df/f]xnfO{ ;Daf]wg ug{'x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ ।

    उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ ।’

    उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए ।

    उनले भने, ‘दुर्गममा कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न् । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ । स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ । तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’

    उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए । प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु अस्थायी सरकार भएको समेत बताए ।

    उनले भने, ‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ? सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि । त्यही भएर तपाईहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’ प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij