आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शौचालयमा महिला मृत फेला

  • प्रकाशित मिति : बुधबार, भदौ २२, २०७९



  • दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।

    प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झगडा भएपछि भदौ २० गते नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा गएर बस्दै आएकी थिइन्।

    ‘श्रीमानले मदिरा सेवन गरी झैझगडा गर्न थालेपछि कमला दिदीको घरमा गएको भन्ने अनुसन्धानबाट खुल्यो,’ स्वाँरले भने, ‘दिदीको घरमै रहेको समयमा बिहान शौचालय गएकी कमला नफर्किएपछि ढोका फोडेर हेर्दा मृत फेला परेकी थिइन्।’

    बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टा परेको अवस्थामा फेला पारी उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक स्वाँरले बताए।

    पोष्टमर्टम रिपोर्टबाट उनले विषादी वा अन्य भित्री चोट पटक केही नदेखिएको हुँदा शौचालयभित्रै लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान चिकित्सकले गरेको प्रहरी निरीक्षक स्वाँरले जानकारी दिए।

    ‘पोष्टमर्टम रिपोर्टमा नर्मल आयो,’ उनले थपे, ‘पछि भिसेराको रिपोर्टले के देखाउँछ। अन्यथा अहिले त मृत्युको कारण शौचालयमा लडेर भएको भन्नेछ।’

    पोष्टमर्टमपछि शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij